कपिलवस्तु, १५ असार । कपिलवस्तुको भूमिसुधार तथा मालपोत कार्यालय तौलिहवामा आगलागी हुँदा करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवामा रहेको कार्यालयको माथिल्लो तल्लामा रहेको कार्यालय प्रमुखको कार्यकक्षमा आइतबार बिहान आगलागी भएको हो ।
विद्दुत सर्ट भएर आगलागी भएको प्रहरीको अनुमान छ । आगलागीबाट कम्प्युटर, प्रिन्टर मेसिन, फोटोकपी मेसिन, फर्निचरहरु पुर्णरुपमा जली नष्ट भएका छन् भने मानवीय क्षति केही पनि भएको छैन ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक दीपशमशेर जबराका अनुसार आगलागी बिहान ७ ः ४५ बाट शुरु भएको हो । ३० मिनेटपछि कपिलवस्तु नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।
तपाईको प्रतिक्रिया