कपिलवस्तु, २ मांसिर । कपिलवस्तुका नेपाल—भारत सिमानाका अधिकांश सीमास्तम्भहरु जीर्ण अवस्थामा रहेका छन् ।
मर्मत सम्भारको कमी र सरोकारवाला निकायको मौनताका कारण जिल्लाको कृष्णनगर नगरपालिका क्षेत्रका बगही, भगवानपुर लगायतका दसगजाका सीमास्तम्भ जीर्ण अवस्थामा हुन पुगेका छन् ।
पटक–पटक सीमा विवादका कुरा उठ्छन् र केही दिनमै सेलाएर जान्छन् तर देशको सिमानालाई स्थिर राख्ने जंगेपिलरहरुको उचित मर्मत सम्भार नहुँदा सीमा क्षेत्र विवादित हुने गरेको स्थानीयहरु बताउँछन् ।
तराईको खुला सिमाना भारतसँग जोडिएकाले दुवै देशको समतल भूमिमा आवत–जावत हुने गरेको पाइन्छ । कतिपय ठाउँहरुमा घर नेपालमा र खेती भारतमा हुँदै गरेको थुप्रै उदाहरणहरु पनि रहेका छन् ।
तर, सीमास्तम्भले सीमा रेखालाई स्थायित्व दिएको छ । समतल भूमिको सीमामा अतिक्रमण हुने सम्भावना बढी हुने हुनाले पनि जंगेपिलरहरुको मर्मत हुनु आवश्यक छ ।
केही ठाउँमा ढलेका स्तम्भहरु समेत बनाउन सकिएको छैन । कपिलवस्तुको कृष्णनगर नगरपालिकाअन्र्तगत भिल्मीको पश्चिम र बगहीको पूर्वमा रहेको सीमास्तम्भ पिलर न. ५६४ (६४) जीर्ण हँदै गएको छ ।
तपाईको प्रतिक्रिया