कपिलवस्तुकी ६ वर्षीया ग्रीष्माको ज्यान बचाउन सहयोगको अपिल

समाचार

5/27/2019

कपिलवस्तु, १३ जेठ । कपिलवस्तुको तौलिहवाकी ६ वर्षीया बालिकाका लागि बोन म्यारो ट्रान्सप्लान्टका लागि उनका आमाबाबुले सहयोगको अपिल गरेका छन् ।

हाल तौलिहवा बस्दै गरेकी कपिलवस्तु बुद्धभूमि नगरपालिका – ३ टाँकु निवासी शोभाखर खनालका छोरा बुहारी श्रीधर खनाल र रेखा अधिकारीकी ६ वर्षीया छोरी ग्रीष्मा खनाललाई बोन म्यारो ट्रान्सप्लान्ट गर्नु परेको हो ।

जन्मेको ३ महिनादेखि नै आफ्नो शरीरमा रगत नबन्दा अरुको रगतको सहारामा बाँचेकी ग्रीष्मालाई हरेक महिना एक पाउण्ड रगत दिने गरिएको छ ।

नेपालसहित भारतका बिभिन्न अस्पतालमा उनको उपचारका क्रममा डाक्टरहरुले बोन म्यारो ट्रान्सप्लान्ट गरेमा मात्र ठीक हुने भनेकाले उपचारमा करिब ५० लाख खर्च लाग्ने डाक्टरहरुले बताएका छन् ।

५० लाख खर्च गर्ने आर्थिक अवस्था नभएकोले ग्रीष्माका आमा बुबाले उनलाई बचाउन सबैसँग सहयोगको अपिल गरेका छन् । सहयोगका लागि यस फोन नम्बरमा सम्पर्क गर्न या निम्न बैंक खातामा रकम जम्मा गरिदिनुहुन अनुरोध छ ।

सम्पर्क फोन ः– ९८४५१०८७२७ , श्रीधर खनाल, ९८४७२४४५३४ ,रेखा अधिकारी

रकम सहयोगको खाता विवरण ः–

रेखा अधिकारी

एभरेष्ट बैंक खाता नं. ०३८००५१६२०१९८४ ९ तौलिहवा शाखा

श्रीधर खनाल

एभरेष्ट बैंक खाता नं. ०३८००५१६२००६३८ ९ तौलिहवा शाखा

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ