कपिलवस्तुबाट पनि दुई जना पक्राउ

समाचार

1/21/2019

कपिलवस्तु, ७ माघ । कृष्णनगर नगरपालिका–२ लिङकगेट चेकपोष्टबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।

मकवानपुर हेटौडा बस्ने २५ वर्षीय विश्व मोक्तान लामा र दोलखा बिनेश्वषर नगरपालिका–५ माटी वस्ने ३० वर्षीय दामु भुजेललाई नियन्त्रित लागूऔषधसहित सोमबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

अस्थाई प्रहरी पोष्ट लिङकगेटबाट खटिएको प्रहरी टोलीले जाँच गर्दा लामाको साथबाट नियन्त्रित लागूऔषध नाईट्रोभेट ३ सय एम्पुल फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ