कपिलवस्तुमा डुबेर चारको ज्यान गयो

समाचार

9/4/2019

कपिलवस्तु, १८ भाद्र । जिल्लामा सोमबार र मगलबार गरी स्थानीय नदीमा डुबेर ४ जना महिलाको ज्यान गएको छ । शुद्धोधन गाउँपालिकामा ३ जना र मायादेवी गाउँपालिकामा १ गरी ४ जनाको ज्यान गएको छ ।

शुद्धोधन गाउँपालिका– ६ वेथी नदीको वेलभरिया सन्तघाटमा नुहाउने क्रममा बेपत्ता भएका तीन जनाको मंगलबार शव फेला परेको छ ।

तीजको दिन सोमबार बेपत्ता तीन जना मध्येकी १५ वर्षीया तारा कोहारको शव डुबेको स्थान नजिकै नदी किनारमा मंगलबार बिहान परेकोे थियो ।

बेपत्ता भएका अन्य २ जना ८ वर्षीया खुश्बु रैदास र २५ वर्षीया तारामती कोहारको शव मंगलबार दिउँसो दक्षिण मलखोरियाका नदी किनारमा तैरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

त्यस्तै मायादेबी गाउपालिका– ४ बुलाडीहवामा स्थानीय पोखरीमा डुबेर मगलबार फेरी अर्की एक बालिकाको मृत्यु भएको छ । माहोम्द रफिक चिढिमारकी छोरी १५ बर्षिया जमिलाको पोखरीमा डुबेर मृत्यु भएको प्रहरी नायब उपरिक्षक सुनिल मल्ले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ