कपिलवस्तु, ५ असोज । कपिलवस्तुमा इस्लाम धर्मावलम्बी मुस्लिमहरुले महान चाडपर्ब मोहर्रम हर्सौउल्लासका साथ मनाएका छन् । आज देखी लगभग १३८० वर्ष पहिला संन ६१ हिजरीमा जब ईस्लाममाथि एजिदोने हम्ला गरे अर्थात एजिदी हरु जुन ईस्लाम जायज जसलाई नजायज बनाउना लाई, जुन हराम छ उसलाई हलाल गर्नलाई अच्छाई (सत्यता) छ त्यसलाई मेटाउनलाई एउटा एजिद नामका मानिस जुन हजरत अमिर माबियाको छोरा इजिद थियो ।
जब यो कुरा गरे त्यतिवेला मक्का मदिना दमिस्क एहाक र त्यसको अलावा देश माथि उसले जबरजस्ति हुकुमुत गर्न थाले जबा एमामे हुसेन ले उस्को खिलाफ अवाज उठाउन थाले एमामे हुसेन जुन इस्लामको धर्म गुरु हजरत सल्लाहो ताला वोय वसल्लाम को ( नेवासा ) छोरी को छोरा जमिए एजिदले एमामे हुसन सित वाएत (समार्थन) गर्न भने कि मेरो पछाडि तिमी हिडाँ तबा एमामे हुसेन ले त्यसको कुरा मानेनन (इनकार गरे) त्यस कारण एजिद एउटा जालिम, जाबिर, जनाकार, सराबी, बुराई लाई अगाडी बढाउने मान्छे थियो त्यस कारण एमामे हुसेन ले उसको समर्थन नागर्न भने पछि मुलके एराक एउटा शहर कोफा को नजिक जुन फरात नदीको किनारमा एउटा मैदान (ठाउँ) थियो जसको नाम करबला थियो उक्त ठाउँमा धोका दिएरा एमामे हुसेन लाई बोलाएर १० मोर्हरम मा उनि सित लडाई भयो र एमामे हुसेन संग बच्चा, आईमाई तथा बुढा पाखाहरु मिलाई ७२ जना थिए भने एजिद संग २२००० जना सेनाकोे फौज थियो दुई पछ बिच लडाई भयो र जसमा धेरै जनको मृत्यु भयो । र संगै एमामे हुसेन पनि सहिद हुनु भयो यस कारण इस्लामिक मोर्हरम को १० तारिख जुनकी अरबी वर्षको पहिलो महिना हो ।
यस मा मुस्लिम समुदायका हरेएक मुस्लिमहरु उनको यादमा वर्त वसि इस्लाम ग्रथंको कुरान सरिफ पढि आजको दिनमा आसुँ पोखदै (दुःख) गमका साथ जुन तरिकाले एमामे हुसेन सहिद हुनु भएको थिए करबलाको मैदानमा त्यसैको यादमा लाखौ लाख रुपैयाको तहाजिया बनाई (दुःख) गमको साथमा करबलाको मैदानमा लैजाने गर्दा छन् ।
यस महान पर्बमा मुस्लिम जस्तै हिन्दु धर्मवलम्बिहरु पनि वहाप्रति अस्था राखि (दुःख) गमका साथ करबलामा जने गरेका छन । हिन्दु धर्मवलम्बिहरु पनि मुस्लिम धर्मालम्बिहरु जत्तिकै यस चाडपर्ब मोहर्ररमलाई हर्सौउल्लासका साथ मनाउदै गर्दछन् । यस मोहर्ररम पर्बकलाई कपिलवस्तुका जिल्ला प्रमुख अर्जुन प्रसाद पोख्रेल द्धारा कपिलवस्तुका मुस्लिम तथा हिन्दु धर्मवलम्बिहरुलाई स्वागत तथा शुभकामना दिएका थिए ।
मोहर्ररमकै सन्र्दभमा मुस्लिमहरुले प्रर्दशन गरेका लाठी, तालवार खेलले खुशि भई जिल्ला प्रमुख अर्जुन प्रसाद पोख्रेल द्धारा प्रर्दशन गरेको लाठी तथा तलवार खेललाई प्रशंसा स्वरुप पुरस्कार पनि प्रदान गरेका थिए । साथै मुस्लिम अगुवाहरुले नेपाल सरकारले मुस्लिमहरुको पर्ब बिदा कटौति गरेकोमा नेपाल सरकार प्रति दुःख प्रकट गरेका थिए ।
तपाईको प्रतिक्रिया