कपिलवस्तु, २७ मंसिर । ११औं कपिलवस्तु महोत्सव अन्र्तगत सर्वाधिक चासोका साथ दर्शकले मन पराएको डान्स आईडलको नवौं संस्करण पछिल्ला दिनमा रोचक बन्दै गएको छ ।
महोत्सव अन्र्तगतको एक आकर्षणको क्षेत्रको रुपमा हेरिने डान्स आईडलमा यस पटक १५ जना प्रतियोगीले स्टेज पाएका थिए । १५ जनाबाट सुरु भएको आइडलमा अहिले सात जना मात्र बाँकी रहेका छन् ।
महोत्सवको आठौँ दिन आज ११औँ कपिलवस्तु महोत्सव तथा ९औँ डान्स आईडलमा ८ जना प्रतिस्पर्धीले नृत्य प्रस्तुत गरेका थिए ।
आज आईडलको आठौं दिन आंशिका खड आईडलबाट बाहिरिएकी छन् भने सोनिका पाण्डे डान्स अफ द डे बन्न सफल भएकी छन् ।
बाहिरिएसँगै शुक्रबारको प्रतिस्पर्धाका लागि अब सात जना प्रतियोगिहरु बाँकी रहेका छन् ।
दर्शकले खरिद गर्ने टिकेटबाट दिएको भोट र निर्णायकको मुल्याङ्नको आधारमा आजको प्रस्तुतिले आंशिका खड आईडलबाट बाहिरिएकी छन् । भोली ७ जनाको प्रस्तुती रहने आईडल संयोजक अमृत केसीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया