कपिलवस्तु, १५ मंसिर । कपिलवस्तु यातायात व्यवसायी समिति तौलिहवाको नवौ अधिवेशनबाट सन्तोष हमाल निर्वाचित भएका छन् ।
सन्तोष हमालले ३६ मत ल्यायार अध्यक्ष पदमा निर्वाचित भए भने उनका प्रतिसप्रर्धी मोहम्मद स्तियाक हलुवाइले २६ मत प्राप्त गरे ।
समितिको उपाध्यक्षयमा राज कुमार पाण्डेय,सचिवमा परशुराम कहार,सह सचिवमा राधेलाल गुप्ता, कोषध्यक्षमा यमन प्रकाश चौधरी निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यहरुमा कृष्ण प्रसाद कान्दु,बब्लु काहार, घनश्याम कान्दु,देवीशरण चौधरी निर्वाचित भएको निर्वाचन अधिकृत राजु प्रसाद अर्याले बताएका छन् । नव निर्वाचित अध्यक्ष हमालले यातायात व्यावसायीहरुको हकहितको पक्षमा काम गर्ने प्रतिवद्धता जनाएका छन् ।
तपाईको प्रतिक्रिया