महानगर कमिटीले बढायो सक्रियता

समाचार

11/13/2019

वीरगन्ज, २७ कार्तिक । नेकपा वीरगन्ज महानगर कमिटीको आयोजनामा वडा नं. ३० लाल पर्साको वडा कार्यालयमा नेकपा जनसम्पर्क समिति महानगर अध्यक्ष कमरेड रहबर अन्सारीको अध्यक्षतामा ५ सदस्यीय समिति एक कार्यक्रम बीच गठन गरिएको छ । जसमा वडा नं. ३० का निर्वाचित नेकपाका वडा अध्यक्ष अमानत मियाँ, दिपेन्द्र मण्डल, कन्चन शाह, कुरान अलि र रामअशरे राय साह तेली रहेका छन् ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै कमरेड रहबर अन्सारीले बलियो र सशक्त कमिटी बनाउनमा मद्दत पुर्याउन हातेमालो गरेर आपसी तनावलाई सुमुधुर सम्बन्ध कायम गर्दै जाने लक्ष्यका साथ आफ्नो महानगरको वडाहरुमा तिव्र गतिका साथ लागि परेका बताए । वडा नं. १ देखि ३२ वडामा सकृय भई यस्तै खाले दुवै पार्टीका कार्यकर्ताहरुलाई समन्वय गरि समिति बनाउन लागेको भन्दै आउँदो दिनमा पर्सा जिल्लामा सबभन्दा ठुलो पार्टीको रुपमा रहेर नेकपालाई अझ सशक्त र बलियो बनाउनका लागि आफु रातोदिन मिहिनेत गरी रहेको बताए ।

उक्त कार्यक्रममा लालपर्सा, प्रसोतीपुर र सडक टोल लगायत वडा नं. ३० का पार्टी कार्यकर्ताहरुको बीच एउटा छुटटै सम्पर्क समिति चयन गरि दुई पार्टीबीच समन्यव भएकोले दुवै पार्टीका कार्यकर्ताहरुलाई एक आपसबीच रहेको दुरी, मनमुटावलाई कसरी मिलाएर अगाडी बढ्नका लागि यो समिति चयन भएको हो ।  

उक्त कार्यक्रममा, महानगर इन्चार्ज दिनेश राई, सचिव डा. विश्वम्भर शर्मा, नाजिर हुसैन, सेराजुल मिया, कमरुदिन अन्सारी, मोबारक मियाँ अन्सारी, वृजेश मण्डल, पन्नालाल यादव, सुब्हान अलि लगायत स्थानीय नेता एवं कार्यकर्ताहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ