कपिलवस्तु, १७ जेठ । सरकारले जेठ २३ गते सार्वजनिक विदा दिने घोषणा गरेको छ । मुस्लिम धर्मावलम्बीहरूको महत्वपूर्ण चाड ईदुल फित्रको दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले मन्त्रिपरिषद् बैठकको निर्णय जानकारी दिन बिहीबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा ईदुल फित्रको दिन सार्वजनिक विदा दिने निर्णय गरिएको बताएका थिए ।
मुस्लिम आयोगको सिफारिसमा सो दिन सार्वजनिक विदा दिने निर्णय गरिएको पनि सरकारले जनाएको छ । तर, देशका लागि बलिदान र योगदान दिए बापत विगतमा मुस्लिम समुदायले आफ्ना पर्व ईदूलफित्र इदुलअज्हा र मोहम्मद जयन्तीमा प्राप्त गरेका बिदाहरु कम्युनिस्ट सरकारले कटौती गरी मुस्लिम समुदायको मौलिक हकमाथि सीधा प्रहार गरेको छ ।
गत वर्ष बिदा नदिइकन ईदकै दिन परिक्षा राखियो । जसको मुस्लिम समुदायले विरोध पनि गरेको थियो । हाल सरकारले ईदूलफित्रका दिन सार्वजनिक बिदा दिने घोषणा गरेको छ भने अर्को तिर त्यही दिन बि एड तेस्रो वर्ष तथा बि बि एस तेस्रो वर्ष को परिक्षा राखेको छ ।
यो कस्तो खाले सार्वजनिक बिदा हो कि बिदा पनि अनि परीक्षा पनि । यो त मुस्लिम समुदायलाई मुर्ख बनाउने काम मात्र भएको हो ।
तसर्थ ईदूलफित्रका दिन परीक्षा नराख्न भनि मुस्लिम आयोगले पहल गर्ने भनी आयोगका अध्यक्ष समीम अंसारीले एच. एन. एम. टिमलाई जानकारी गराएका छन् ।
तपाईको प्रतिक्रिया