नवलपरासी (पश्चिम), २७ मंसिर । भुमहीपरासी सुनवल नगरपालिका–१३ सुन्दरबस्तीस्थित महेन्द्र राजमार्गमा बा.१३ च ७४८८ नम्बरको कारको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।
साइकल चालक सन्तपुर बस्ने २८ वर्षीय रमेश शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कारको ठक्करबाट गम्भीर घाइते भएका शाहीको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।
कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया