राकेश प्रसाद चौधरी, जलेश्वर, २८ माघ । जलेश्वरमा नेपाल सितोरियो कराँतेको प्रदेश २ स्तरीय खेलाडी छनौट प्रतियोगिता सम्पन्न भएको छ । पुरुषतर्फ १२ तथा महिलातर्फ ११ समूहमा खेलाडी चयन भएको हो ।
महिलातर्फ २५, ३०, ३५, ४०, ४५, ५०, ५५, ६१ तथा ६८ किलोग्राम तौलमा क्रमशः एलिना उप्रेती(रौतहट), प्रसिका चौधरी (सिरहा), भूमि मगर (सिरहा), जेनी सिंह (सिरहा), उस्मिता मगर (सिरहा), सुधा थिङ्ग(रौतहट), विष्णुमाया तामाङ्ग(बारा), खुश्बु खड्का(सिरहा) तथा अनु मगर(महोत्तरी) प्रथममा छनौट भएकी छिन् ।
दोस्रोमा ३०,३५,४०,४५,५०,५५ तथा ६१ किलोग्राम तौलमा क्रमशः सुप्रिया पोखरेल(रौतहट), अस्मिता पहाडी(रौतहट), सुभेक्षा पोखरेल(रौतहट), अप्सरा राना(महोत्तरी), दिलकुमारी राना(महोत्तरी), पूजा राई(महोत्तरी) तथा संध्या लुहागुन(महोत्तरी) द्वितीय स्थानमा छनौट भएकी छिन् । त्यही तृतीय स्थानमा क्रमशः ३५ तथा ६१किलोग्राम तौलबाट त्रिशा मिश्रा(सप्तरी) र गंगा पाख्रिन(बारा) छनौट भएकी छिन् भने ३०, ४०, ४५, ५० र ५५ किलोग्राम तौलमा निरुता के.सी.(बारा), कृतीका ठाकुर(सप्तरी), ज्ञानु विश्वकर्मा(बारा), विभा शर्मा(सर्लाही), यमिका बजगाई(रौतहट), बबिता एसमाली(सर्लाही), निखिता पाख्रिन(बारा), हेमा सरु मगर(पर्सा) गीता बानिया(सिरहा), मिका राई (सप्तरी) गरि दुई÷दुई जनाले क्रमशः तृतीय स्थान हासिल गरेकी छिन् ।
त्यस्तै महिलातर्फबाट नै एकल काँतामा क्रमशः प्रथम,द्वितीय र तृतीयमा गिज्मा श्रेष्ठ(सिरहा), संध्या लुहागन(महोत्तरी) तथा चाहना थापा(धनुषा),बर्षा पोखरेल(पर्सा) छनौट भएको प्रशिक्षक विन्देश्वर साहले बताए । महिलातर्फ टिमकाताँमा धनुषा प्रथम,महोत्तरी द्वितीय तथा रौतहट र पर्साले तृतीय स्थान हासिल गरेको छ ।
प्रदेश २ का सार्वजनिक लेखा समितिका सभापति भरत साहले उद्घाटन एवं प्रमाण पत्र वितरण गरेको छनौट प्रतियोगितामा २५,३०,३५,४०,४५,५०,५५,६०, ६७ तथा ७५ किलोग्राम तौलमा क्रमशः अफताब आलम(पर्सा), रौनक ठाकुर(पर्सा), भविलाल सोनी(रौतहट), शिशम शाक्य(पर्सा), विजय प्रसाद साह रौनियार(सिरहा), विश्वम्बर पटेल(पर्सा), मन्सीव मगर(सिरहा), सनम थापा(सिरहा), दिलीप पासवान(सिरहा) तथा प्रकाश भारती(सिरहा) प्रथम स्थानमा छनौट भएका छन् ।
त्यस्तै क्रमशः सुसान्त सिंह(सिरहा), सुनिल भलान(बारा), विशाल सिंह(सिरहा), साहिल पटेल(बारा), कुशल बस्नेत(रौतहट), रिषम दाहाल(धनुषा), समीर छरीथा(रौतहट), सरोज पासवान(सर्लाही), सुदिप क्षेत्री(सप्तरी) तथा निशान्त ढकाल(पर्सा) द्वितीय स्थानमा छनौट भएका छन् । त्यस्तै प्रत्येक तौलम समूहमा दुई/दुईजना क्रमशः लिवेश असमाली(सर्लाही) रश्रेयष मिश्रा(सप्तरी), सागर भट्ट(रौतहट) र रोहित सोनी(सप्तरी), हेमन्त मगर(सर्लाही) र सुभम झा(महोत्तरी), सिधान्त आले(सर्लाहीं) र विशाल सिंह(सप्तरी), हासिम मन्सुर(पर्सा) र सिद्धान्त आले(सर्लाही), दावा लामा(रौतहट) र अनिष कुमार साह(महोत्तरी), कृष्ण यादव(धनुषा) र कुणाल साह(पर्सा), रामसजन शर्मा(रौतहट) र प्रकाश सिंह लामा(धनुषा), जागेश्वर ठाकुर(महोत्तरी) र बालमिकी भगत(धनुषा) तथा दिपेन्द्र यादव(महोत्तरी) तथा सौगात कटारी(सप्तरी) तृतीय स्थान हासिल गरेको प्रशिक्षक साहले बताए ।
त्यही पुरुष एकल काँतामा धनुषाका बब्लु राइन प्रथम, महोत्तरीका जागेश्वर यादव द्वितीय तथा पर्साका कुनाल साह र रौतटहका सागर तामाङ्ग तृतीय स्थान हासिल गरेका हुन् ।
टिमकाताँमा धनुषा प्रथम, महोत्तरी द्वितीय तथा रौतहट र पर्सा तृतीयस्थान प्राप्त गरेको हो । प्रदेश २ स्तरीय सितोरियो कराँते छनौट प्रतियोगिता जलेश्वरस्थित महोत्तरी क्लव तथा पुस्तकालयमा सम्पन्न भयो ।
तपाईको प्रतिक्रिया