कर्नाटकमा गठबन्धन सरकार ढल्यो

समाचार

7/24/2019

नयाँ दिल्ली, ८ साउन । भारतको कर्नाटकमा कांग्रेस–जनता दल सेक्युलर(जेडीएस) गठबन्धनको सरकार ढलेको छ । कर्नाटक विधानसभामा विश्वासको मत लिन नसकेपछि एचडी कुमारास्वामी नेतृत्वको सरकार ढलेको हो । जेडीएस–कांग्रेस गठबन्धनले संसदमा आफ्नो बहुमत सिद्ध गर्न नसकेपछि बीजेपीलाई सरकार बनाउने बाटो खुलेको छ । संसदमा भएको मतदानमा जेडीएस–कांग्रेस गठबन्धनले मात्र ९९ मत प्राप्त ग¥यो भने बीजेपीले १०५ मत प्राप्त ग¥यो । बीएस येदुयरप्पाको नेतृत्वमा बीजेपीले कर्नाटकमा सरकार बनाउने तयारी गरिसकेको छ ।
विश्वासमतका समयमा १९ सांसदले सदनको कारबाहीमा सहभागी नहुने निर्णय लिएका थिए । त्यसैले सदनको संख्या २२४ बाट घटेर २०४ भएको थियो । कांग्रेस र जेडीएसले १६ जना बागी सांसदलाई मनाउन नसकेपछि संसदको विश्वासको मत जित्न सकेन । कांग्रेसका १३ र जेडीएसका ३ गरी १६ सांसद बीजेपीमा प्रवेश गर्ने तयारीमा रहेका छन् । संसदमा मतदान हुनअघि सम्बोधन गर्दै मुख्यमन्त्री कुमारास्वामी निकै भावुक भएका थिए । उनले कर्नाटकका नागरिकसँग माफी माग्दै आफू राजनीतिमै आउन नचाहेको बताएका छन् । विश्वास मत प्राप्त गर्न नसकेपछि उनले मुख्यमन्त्री पदबाट राजीनामा दिने बताएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ