करेन्ट लागेर मृत्यु

समाचार

7/2/2019

बर्दिया, १६ असार । मधुवन नगरपालिका ९ बस्ने ५० वर्षीय जय बहादुर सुनारको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको छ ।

सोही ठाउँ बस्ने कल बहादुर बस्नेतको घरमा मिस्त्री काम गर्ने क्रममा ड्रिलमेशिनको खुल्ला तारमा करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका लागि जिल्ला अस्पताल गुलरिया लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ