नवलपरासी, १९ मंसिर । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले कर्मचारीहरुलाई निराश नभई काममा लाग्न आग्रह गरेका छन् ।
उच्च मनोबलका साथ काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । मन्त्री त्रिपाठीले निजामती सेवा विद्ययेकलाई सहमतिबाटै अन्तिम रुप दिन आफूले पहिलो प्राथमिकतामा राखेको बताए ।
उनले संसद्को आउँदो हिउँदे अधिवेशनको पहिलो बैठकबाटै अगाडि बढाउने तयारी गरिरहेको जानकारी दिए ।
पश्चिम नवलपरासीस्थित जिल्ला प्रशासन कार्यालय परासीमा बिहीबार जिल्लाका कार्यालय प्रमुखलाई निर्देशन दिँदै मन्त्री त्रिपाठीले कर्मचारीको मनोबल खस्किन नदिने बताए ।
मन्त्री त्रिपाठीले कर्मचारीको बढुवामा आर्थिक अनुशासन पनि मापदण्डमा समावेश गर्ने तयारी भइरहेको जानकारी दिँदै समायोजनमा रहेका त्रुटी सच्चाउने आश्वासन पनि दिए ।
तपाईको प्रतिक्रिया