कर्मचारी समायोजनको क्रममा देखिएका केही मनोवैज्ञानिक समस्याहरु सम्बोधन गर्छु : त्रिपाठी

समाचार

11/21/2019

काठमाडौं, ५ मंसिर । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठीले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै उनले संघीय निजामती सेवा ऐन छिटोभन्दा छिटो जारी गर्ने बताएका छन् ।

निजामती प्रशासनमा नीतिगत र संरचनागत समस्या विद्यमान् रहेकोले त्यसलाई सच्चाउन आफुले काम गर्ने उनले बताए । काम गर्दा राजनीतिक सहमतिका आधारमा गर्ने बताउँदै उनले भने, ‘व्यक्तिपिच्छे कार्यशैली फरक हुन्छ, मेरो कार्यशैली फरक छ । कार्यशैलीअनुसार साथीहरुले मलाई सघाउनुहुन्छ भन्ने विश्वास लिएको छु ।’

कर्मचारी समायोजनको क्रममा देखिएका केही मनोवैज्ञानिक समस्याहरु समाधान गर्ने तर्फ पनि मेरो ध्यान रहनेछ –उनले भने । स्थानीय तह, प्रदेश र संघबीचको अन्तरसम्बन्धलाई तारतम्य मिलाएर अघि बढ्नुपर्ने बताउँदै उनले त्यसका लागि केही कानुनी संशोधनको आवश्यकता औंल्याएका छन् । ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ