कैलाली, ५ मंसिर । सुदुरपश्चिम प्रदेशको महान्यायधिवक्ताको कार्यालयले प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तसमक्ष आफ्नो वार्षिक प्रतिवेदन पेश गरेको छ ।
बुधबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रमका बीच महान्यायधिवक्ता कुलानन्द उपाध्यायले महान्यायाधिवक्ताको कार्यालयबाट भएको कार्यसम्पादनको वार्षिक प्रगति विवरण पेश गरेका हुन् । महान्यायाधिवक्ताको कार्यालयले वार्षिक रुपमा भएका कार्य प्रगति विवरणको प्रतिवेदन प्रदेश प्रमुख समक्ष पेश गर्नुपर्ने नेपालको संविधानमा व्यवस्था गरिएको छ ।
सोही व्यवस्था बमोजिम महान्यायधिवक्ताको कार्यालयले सर्वोच्च अदालत, उच्च अदालत दिपायल र उच्च अदालत महेन्द्रनगरमा गरेको बहस पैरवको विवरण पेश गरेको हो । सो कार्यालयले एक वर्ष ३२ थान मुद्दामा बहस÷पैरवी गरेको विवरण पेश गरिएको छ ।
तपाईको प्रतिक्रिया