रौतहट, ३ मंसिर । भूमि सुधार तथा मालपोत कार्यालय रौतहटका प्रमुख सीताराम थापा महिनौंदेखि कार्यालयमा नआएको कारण सेवाग्राहीहरुको कामकाज प्रभावित भएको छ ।
बडा दशैंको बेला घर गएका प्रमुख थापा हालसम्म कार्यालयमा उपस्थित हुन नसकेको कारण दैनिकी मुद्दा मामिला तथा जग्गा रजिस्ट्रेशनको काम काज प्रभावित भएका छन् ।
कार्यालय प्रमुख नहुँदा निवेदनसम्म दर्ताको काम भैरहेको छैन भने रजिस्ट्रेशन, नामसारी, मोहिसम्बन्धी मुद्दाको प्रभावित भएको सेवाग्राहीहरुले बताएका छन् ।
महिनौं दिनसम्म घर बस्ने कार्यालय प्रमुखलाई विभागीय कार्यवाही गरिनु पर्ने सेवाग्राहीहरुले जोडदार रुपमा माग गरेका छन् । टाढाबाट रकम खर्च गरेर कार्यालय आउने सेवाग्राहीलाइ विना कामकाज फिर्ता हुनुपर्ने बाध्यता रहेको छ ।
अहिलेसम्म यस्तो गैर जिम्मेवार र आफ्नो दायित्व नबुझ्ने हाकिम रौतहटमा नआएको टिप्पणी स्थानीयहरुले गर्न थालेका छन् । कार्यालय प्रमुखले समयमा कार्यालय आउनु पर्नेमा गैरजिम्मेवारीपना देखाउने कार्यालय प्रमुख थापाले सरुवा गरेर नयाँ जिम्मेवारी बुझ्ने र जनताको काम काज छिटो छरितो गर्ने खालका प्रमुख पठाउन सम्बन्धित निकाय सित स्थानीयले माग समेत गरेका छन् ।
हाजिर भएदेखि नियमित रुपमा कार्यालयमा उपस्थित नहुने कार्यालय प्रमुख थापाले राज्यको रकम समेत दुरूपयोग गरेको स्थानीयहरुको आरोप रहेका छन् ।
लेखापढी कानून व्यवसायीहरुले कार्यालय प्रमुख कार्यालयमा नआउँदा जनताको कामकाज प्रभावित भएको गुनासो गरेका छन् ।
सेवाग्राहीको गुनासो सुन्दा सुन्दै प्रमुख जिल्ला अधिकारी किरण थापा समेत आती सक्नु भएको अवस्था रहेका छन् । फोन बन्द गरेर घरमा बसेका प्रमुख थापाको गुनासो चरम सीमा नाघेका छन् ।
प्रमुख जिल्ला अधिकारी थापाले विभागमा अर्को कर्मचारी पठाउन अनुरोध समेत गरेको बताएका छन् । अर्को कर्मचारी पठाउनु पर्ने सम्बन्धित मन्त्रालयमा दबाब दिनु पर्ने सुझाव दिँदै प्रमुख जिल्ला अधिकारी थापाले दबाब भए छिट्टै मन्त्रालयले कर्मचारी व्यवस्थापन गर्न सकिने बताए ।
तपाईको प्रतिक्रिया