धनगढी, २ फागुन । निर्माणाधीन मोहनापुल–अत्तरिया छ लेन सडक आयोजनाको ठेक्का शर्मा अमर नागार्जुन (जेभी) ले जिल्ला समन्वय समिति कैलालीलाई गोदावरी खोलामा क्रसर सञ्चालनबारे अपूरै कागजपत्र बुझाएको छ ।
कैलालीको गोदावरी नगरपालिकाका वडा नम्बर २ महरा टोल, गोदावरी खोला किनारमा सञ्चालनमा रहेको घम्ती क्रसर बारेको आवश्यक कागजपत्र पूर्ण रुपमा नबसझाएको जिल्ला समन्वय समिति, कैलालीले जनाएको छ ।
कम्पनीले आयोजनाले गोदावरी नगरपालिकालाई पठाएको पत्र, सामुदायिक वनसँग भएको सम्झौता, गोदावरी नगरपालिकाले दिएको स्वीकृत कागजपत्र मात्र पेस गरेको जिल्ला समन्वय अधिकारी योगेन्द्रप्रसाद ओझाले जानकारी दिए । कम्पनीसँग थप कागजपत्र माग गरिएको उनले बताए ।
तपाईको प्रतिक्रिया