काठमाडौं, १५ भाद्र । भारतको कोलकातास्थित बन्दरगाहसँगै नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीको ‘कन्टेनर फ्रेट स्टेशन’ (सीएफएस) सञ्चालन भएको छ ।
सीएफएस सञ्चालनसँगै कोलकाता बन्दरगाहमा कन्टेनर राखेबापत लाग्ने भाडा र जरिवानको खर्च घट्नेछ भने पारवहन सहजीकरणमा सहयोग हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
नेपाल ल्याइने मालसामान सीएफएसबाटै कन्टेनरमा राखेर गन्तव्यतर्फ पठाउन सहज हुनेछ । सीएफएसमा एकै पटक २५० कन्टेनर राख्न सकिनेछ ।
कोलकातामा आयोजित एक कार्यक्रममा नवनिर्मित सीएफएसको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले गरे ।
तपाईको प्रतिक्रिया