काठमाडौं, २३ असार । तीन दशकदेखि संगीत साधनामा लागेका कलाकार सुदर्शन राजोपाध्यायलाई भारतमा सम्मान गरिने भएको छ ।
भारतको एनआरबी फाउन्डेसन र भव्या इन्टरनेशनलले इन्डियन बेस्टिज अवार्ड २०१९ बाट सम्मान गरिने छ । जुलाई १४ मा राजस्थानमा आयोजना कार्यक्रममा उनलाई सम्मान गरिनेछ ।
आर वि फाउन्डेशन र भव्या इन्टरनेशनलले प्रत्येक वर्ष प्रदान गर्दै आएको संगीत र साहित्यतर्फको सम्मानबाट यसवर्ष संगित साधक राजोपाध्यायलाई प्रदान गर्न लागेको हो ।
उक्त कार्यक्रममा नेपालसहित भारत, मालदिभ्स लगायतका देशबाट पनि सहभागिता रहनेछ ।
तपाईको प्रतिक्रिया