कलैयामा राजपाद्वारा विरोध प्रदर्शन

समाचार

9/20/2019

बारा, ३ असोज । संविधान दिवसको विरोधमा राष्ट्रिय जनता पार्टी नेपालले बाराको कलैयामा बृहत् विरोध रैली निकालेको छ ।

‘असोज ३, कालो दिन’ नारा लगाउँदै राजपा नेपाल बाराले शुक्रबार कलैयामा प्रदर्शन गरेको हो ।

मधेशीको छाती र टाउकोमा गोली हानी २०७२ असोज ३ गते नेपालको संविधान जारी गरिएको भन्दै आजको दिनलाई उत्सवको रुपमा मनाउन नसकिने राजपाका नेता कार्यकर्ताहरुले बताएका छन् ।

संविधान संशोधनमार्फत् मधेशका हक अधिकार सुनिश्चित नभएसम्म यो संविधान दिवसलाई कालो दिनकै रुपमा मनाउने राजपा नेपाल बाराले निर्णय गरिसकेको छ ।

राजपा नेपालको निर्णयअनुसार विरोध प्रदर्शन गर्ने, घर–घरमा कालो झण्डा झुण्ड्याउने र साँझ ७ बजेदेखि सबा ७ बजेसम्म ब्ल्याक आउट गर्ने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ