कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

समाचार

7/31/2019

कैलाली, १५ साउन । टिकापुर नगरपालिका–१ स्थित सडकमा से.५ प ८७०५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

मंगलबार दिउँसो दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार लम्कीचुवा नगरपालिका–३ चिसापानी बस्ने २० वर्षीय पुरन साउदको टिकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार हाल वतन नखुलेका योगेश साउदलाई थप उपचारको लागि मेडिकल कलेज कोहलपुरतर्फ लगिएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ