कैलाली, २४ असार । जिल्लाको गौरीगंगा नगरपालिका ४ राजिपुरस्थित सडकमा हाइसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
बा.५ ख ४०३१ हाईस गाडीको ठक्करबाट पैदलयात्री सोही नगरपालिका ४ डाँडाशिविर बस्ने अन्दाजी ५५ वर्षीया गौरी नेपालीको सोमबार साँझ घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया