कैलाली र कञ्चनपुरमा विनाशकारी हावाहुरी : २ को मृत्यु, सयौं घाइते

समाचार

6/7/2019

कैलाली, २४ जेठ । बिहीबार साँझ आएको हावाहुरी कैलाली र कञ्चनपुरमा आएको विनाशकारी हावाहुरीमा परी दुई जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् ।

हावाहुरीले भौतिक संरचनामा पनि व्यापक क्षति पुर्याएको हो । हावाहुरीमा परी कैलालीको गोदावरी नगरपालिकाका वीरबहादुर चौधरीको मृत्यु भएको छ भने टीकापुरमा पोल्ट्री फर्मको वाल भत्किँदा लहानु डगौराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हावाहुरीमा परी सयौंको संख्यामा घाइते भएकाहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ । कञ्चनपुरमा पनि हावाहुरीले क्षति पुर्याएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ