कपिलवस्तु, ११ फागुन । कपिलवस्तुको विजयनगर गाउँपालिकाको हरिबोध प्रा.वि.मा कवि सम्मेलन तथा मुसायरा कार्यक्रम सम्पन्न भएको छ ।
जसको प्रमुख अतिथि नेकपा अध्यक्ष पुष्पकमल दाहालले विजयनगर गाउँपालिकाको समुन्नत विकासका लागि आफूले सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए ।
त्यसअघि विजयनगर गाउँपालिकामा आयोजित कवि सम्मेलनको उनले उद्घाटन गरेका थिए । त्यस क्रममा कार्यक्रमको आयोजक विजयनगर गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापामगरले अध्यक्ष दाहाललाई स्मरणपत्र बुझाएका थिए ।
प्रचण्डले सडक निर्माण, कृषि विकास, रोजगारी लगायत अन्य क्षेत्रमा विकास गर्न सदैव तत्पर रहेको र सरकारको तर्फबाट पनि पुरै सहयोग रहने प्रतिबद्धता रहने बताउदै समय अभावका कारण छोटो मन्त्वय राखे ।
पशुपंक्षी विकास तथा कृषिमन्त्री चक्रपाणि खनालले कृषि क्षेत्रको विकास गर्न आफू सदैव तयार रहेको कुरा बताए । पूर्वमन्त्री हृदयेश त्रिपाठीले आरटिओ सडक र नौमुरेको पानी आएमा मात्र विजयनगरको विकास हुने, नेपाल भारतको सम्बन्ध जनजनले बनाएको सम्बन्ध हो यो अरू कसैले होइन ।
किसानले पनि आफू उत्पादन गरेको वस्तुको मूल्य आफै निर्धारण गर्नु पर्ने कुरामा जोड दिँदै कृषिमा होइन किसानमा लगानी गर्नु पर्ने कुरा बताए । पूर्वमन्त्री वृजेश कुमार गुप्ता, पूर्व मन्त्री इश्वर दयाल मिश्र, प्रदेश सांसद अर्जुन कुमार के सी, विरेन्द्र कुमार कनोडिया, धर्म बहादुर लाल श्रीवास्तव यूवा नेता जाबेद खान, श्याम कुमार मिश्र, सुनिल मोदनवाल लगायत हजारौं जनताको उपस्थित रहेको उक्त कार्यक्रममा नेपाल र भारतका एक दर्जनभन्दा बढी कवि र साहित्यकारहरुको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया