कपिलवस्तु, १४ असार । बकौली र झण्डेनगर वासीको स्वभिमान अबको पालो पूर्ण सरसफाई अभियान भन्ने उद्देश्यका साथ कृष्णनगर नगरपालिका वडा न.३ र १० खुल्ला दिशा मुक्त घोषणा गरिएको छ ।
कृष्णनगर नगरपालिका वडा न. ३ को वडा अध्यक्ष सगीर अहमद खां र १० को वडासचिव राम किशोेर नाऊले प्रतिवेदन पेश गरेका थिए ।
प्रदेश नम्बर ५ मा कपिलवस्तु जिल्ला नै बाकी रहेको हुनाले अ अफ्नो घरमा चर्पी बनाई नगर, जिल्ला र प्रदेशलाई नै खुला दिशा मुक्त गराउन सहयोग गरिदिनु हुन र नगरपालिकाको चौतर्फी विकास गर्न कुनै कसर बाकी नराखने,जनता ले आस गरेनुसार आफू काम गर्ने प्रतिबद्ध रहेको कार्यक्रमका प्रमुख अतिथि कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले अनुरोध गरेका छन् ।
कार्यक्रम वडा न.३वडाध्यक्ष सागीर अहमद खां को अध्यक्षतामा र वडा नं१० कार्यक्रम १० का वडाध्यक्ष अब्दुल मोबिनको अध्यक्षतामा सुरू भएको थियो ।
कार्यक्रम संचारकर्मी शनि उल्लाह धोबीले संचालन गरेका थिए भने कार्यक्रमको समापन वडाध्यक्ष मोबिन खान र सगीर अहमद खां ले वडालाई खुल्ला दिसा मुक्त घोषणा संगै कार्यक्रमको समापन गरेका थिए ।
तपाईको प्रतिक्रिया