कृष्णनगर उवासंघमा गुप्ता

समाचार

7/5/2019

कपिलवस्तु, १९ असार । कपिलवस्तु जिल्लाको पुरानो व्यापारिक केन्द्र सीमावर्ती कृष्णनगर बजारका उद्योगी व्यापारीहरूको प्रतिष्ठित संस्था कृष्णनगर उद्योग वाणिज्य संघको अध्यक्षमा राम कुमार गुप्ता निर्वाचित भएका छन् ।

अधिवेशन र मतदानको कार्य बुधबार सम्पन्न भएको थियो भने मत गणना बिहीबार भएको थियो । मतदान अधिकृत ओमप्रकाश अर्यालका अनुसार गुप्ताले निवर्तमान अध्यक्ष गुरूशरण सिंहलाई ४९ मतको अन्तरले हराएका छन् ।

नवनिर्वाचित अध्यक्ष गुप्ताले २ सय २२ मत प्राप्त गरे भने उनका निकटतम् प्रत्यासी सिंहले १ सय ७३ मत प्राप्त गरे ।

निर्वाचन समितिका अनुसार उम्मेदवारहरूमध्ये सबैभन्दा बढी मत प्राप्त गरी संघको अध्यक्षमा राम कुमार गुप्ता विजयी भएको घोषणा गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ