चितवन, ७ माघ । सामुहिक रुपमा खेती गर्न अभियान चलाएमा “सुखी जीवन समृद्ध चितवन” बनाउन सकिने कुरा प्रदेश नं. ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले बताएका छन् ।
छैठौ खिचरा महोत्सवमा प्रतियोगितात्मक कृषि उपज प्रदर्शनीको पुरस्कार वितरण कार्यक्रममा मन्त्री लामाले उक्त कुरा बताएका हुन् ।
खिचरा महोत्सवमा प्रतियोगितात्मक कृषि उपज प्रदर्शनीमा सहभागी भएका कृषकहरु खिचरा महोत्सवको स्टेजबाट पुरस्कृत भएका छन् । ८० जना कृषकहरुलाई रु ७३ हजार नगद पुरस्कार र प्रमाण पत्र प्रदान गरिएको छ ।
१०/१० कृषकहरुले प्रथम, द्वितीय र तृतीय पुरस्कार प्राप्त गर्नुका साथै ५० जना कृषकहरुलाई शान्तवना पुरस्कार प्रदान गरिएको छ ।
प्रथम, द्वितीय र तृतीय र शान्तवना पुरस्कार स्वरुप क्रमशः जनही दुई हजार, एक हजार पाँच सय, एक हजार र पाँच सयका दरले पुरस्कार वितरण गरिएको महोत्सवका कोषाध्यक्ष भिखु चौधरीले जानकारी गराएका छन् ।
त्यस्तै हिजो भएको भेटरान दौडका पुरस्कार पनि दावा लामाले वितरण गरेका छन् ।
तपाईको प्रतिक्रिया