काठमाडौं, १८ असोज । खानेपानीमन्त्री बीना मगर महात्मा गान्धी अन्तर्राष्ट्रिय स्वच्छता सम्मेलनमा सहभागी भई स्वदेश फर्किएकी छिन् ।
महात्मा गान्धीको १५०औँ जन्मजयन्तीका अवसरमा भारत सरकारले आयोजना गरेको चारदिने सम्मेलनमा नेपालका तर्फबाट उनले भाग लिएकी हुन् ।
सम्मेलनमा खानेपानीमन्त्रीसहित खानेपानी तथा ढल निकास विभागका उपमहानिर्देशक सुनीलकुमार दाससमेत सहभागी भएका थिए । सम्मेलनमा ६० भन्दा बढी देशका खानेपानी तथा सरसफाइमन्त्री सहभागी भएका थिए ।
तपाईको प्रतिक्रिया