गोइतद्वारा समवेदना व्यक्त

समाचार

8/14/2019

सप्तरी, २९ साउन । सप्तरी जिल्ला राजबिराजको महेन्द्र विन्देश्वरी क्याम्पसका पूर्व इतिहास तथा संस्कृति विभाग प्रमुख सह–प्राध्यापक स्वाभिमानी, मैथली अस्मिताको लागि लडने योद्धा, तराईको गौरव इतिहासविद् हरिकान्त लाल दासको असामयिक निधनप्रति जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)का अध्यक्ष जयकृष्ण गोइतले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

‘उहाँको ऐतिहासिक कृतिहरुबाट म बडो प्रभावित भएको छु ।’ गोइतले शोक वक्तव्य जारी गर्दै ‘इतिहासको जानकारी सन्दर्भमा पटक–पटक भेटने प्रयत्न गरेपनि मेरो भूमिगत जीवनशैलीको कारण भेटन नपाएकोमा साह्रै दुःखी छु ।’ भनेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ