रौतहट, ४ साउन । नेपालबाट बाछी र गाई तस्करी गर्ने तस्करलाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।
असार २६ गतेका दिन रौतहटको ईशनाथ न.पा. वडा नं. ३ बन्जरा बाँध दशगजा स्थित नेपालबाट भारततर्फ अवैध रुपमा गाई र गाईको बाच्छी तस्करी गर्ने साहु वारदात मिति समयमा फरार रहेका जिल्ला रौतहट बिजयपुर लक्ष्मीनिया न.पा वडा नं. ८ बस्ने बर्ष ५२ को लम्बु भन्ने शेख सफरुललाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्र.नि.पपु नायकको क्राइम इन्भेस्टिगेशन टीमको प्रहरी टोलीले खोज तलाशको क्रममा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया