रौतहट, ९ कार्तिक । गुजरा नगरपालिका–३ बलुबाटोलबाट भरुवा बन्दुक १ थान शुक्रबार राति प्रहरीले बरामद गरेको छ ।
प्रहरी चौकी हरिनगरबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ अपरिचित व्यक्तिले उक्त बन्दुक छोडी फरार भएपश्चात प्रहरीले उक्त बन्दुक बरामद गरेको हो ।
फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया