गोठमा आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट

समाचार

11/26/2019

कैलाली, १० मंसिर । धनगढी उपमहानगरपालिका–१० बस्ने ४० वर्षीय धर्मु रानाको गोठमा विद्युत सर्ट भई मंगलबार बिहान आगलागी भएको छ ।

आगलागीबाट गोठमा रहेको पराल र काठको जलेर करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ