गढीमाईको आज विशेष पुजा, बली प्रदान सुरु

समाचार

12/2/2019

बारा, १७ मंसिर । सबभन्दा बढी पशुबली दिइने प्रत्येक पाँच वर्षमा लाग्ने बाराको गढीमाई मेलामा आज विशेष पुजा गरिएको छ ।

आज बिहान विशेष पूजापश्चात् बली प्रदान सुरु भएको हो ।

महागढीमाई नगरपालिका १ बरियारपुरमा बलि प्रदान गर्न हजरौंको संख्यामा राँगा, बोका र परेवा भक्तजनले ल्याएका छन् ।

एक महिनासम्म लाग्ने यस मेला अवलोकन तथा बलि चढाउन नेपाल तथा भारतको विभिन्न स्थानबाट लाखौंको संख्यामा भक्तजन भेला हुन्छन् ।

देशमै सबभन्दा बढी बलि प्रदान हुने मेला गढीमाई रहेको छ ।

यता गढीमाई मेलाको विशेष पूजाको अवसरमा आज प्रदेश २ सरकारले सार्वजनिक विदा घोषणा गरेको छ । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ