महोत्तरी, १८ मंसिर । गढीमाई मेलाबाट फर्किदै गरेको पिकअप महोत्तरीमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
मंगलबार राति ना५च १२२७ नम्बरको यात्रु बेकेको पिकअप अनियन्त्रित भई पूर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दिवास नगरपालिको लक्ष्मिनीया स्थित सडकबाट तल खसेर दुर्घटनाग्रस्त भएको थियो ।
पिकअपमा सवारमा १४ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
ज्यान जानेमा धनुषाधाम घर भएका सकुन्तला देवी महतो र भारत जयनगर घर भएका तनिया देवी महतो रहेका छन् ।
तपाईको प्रतिक्रिया