गण्डकी प्रदेश भ्रमणका लागि वीरगन्जवासीलाई निम्तो

समाचार

9/29/2019

वीरगन्ज, १२ असोज । गण्डकी प्रदेश भ्रमणका लागि वीरगन्ज महानगरका मेयर विजयकुमार सरावगीमार्फत् वीरगन्जवासीलाई निम्तो दिइएको छ ।

गण्डकी प्रदेश सरकारले सन् २०१९ देखि २२ सम्म आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका सुरु गरेको गण्डकी पर्यटन प्रवद्र्धन अभियानअन्तर्गत वीरगन्जवासीलाई भ्रमणको निम्तो दिइएको हो ।

लोकगायक प्रजापति पराजुलीले आइतबार वीरगन्जका मेयर सरावगीलाई भेटेर निम्तो दिएका हुन् । असोज ९ गतेदेखि शुरु गरिएको अभियानको टोली आइतबार वीरगञ्ज आइपुगेको हो ।

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले गण्डकी पर्यटन प्रवद्र्धन अभियान सञ्चालन गरेको छ ।

प्रदेशका पर्यटनमन्त्री विकास लम्सालले वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीमार्फत वीरगञ्जवासीलाई निम्तो दिएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ