सांसद साहको रिहाईको माग गर्दै गौरमा प्रदर्शन

समाचार

10/17/2019

राकेश यादव , रौतहट, ३० असोज । जनकपुर विमानस्थलमा रहेको बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको अभियोगमा पक्राउ परेका राष्ट्रिय जनता पार्टी नेपालका सांसद प्रमोद साहको रिहाईको माग गर्दै रौतहटको सदरमुकाम गौरमा राजपाका विद्यार्थी संगठनले विरोध प्रदर्शन गरेका छन् ।

छटपटाई रहेका बिरामीको पिडा हेरेर काउन्टरमा शोधपूछ गर्न गएका सर्लाही क्षेत्र नम्बर १ का सांसद साहलाई केन्द्र सरकारले षड्यन्त्रपूर्वक फसाँएको भन्दै राजपाका विद्यार्थी संगठनले विरोध प्रदर्शन गरेका हुन् ।

विद्यार्थी नेता ओमप्रकाश साह मधेशियाका नेतृत्वमा रहेका राजपा समर्थित विद्यार्थीहरुले टायर बालेर विरोध जनाएका हुन् । पक्राउ परेका सांसद साहलाई अभिलम्ब रिहा नगरिए सरकार विरुद्ध चर्को आन्दोलन गर्ने समेत विद्यार्थीहरुले चेतावनी दिएका छन् ।

यसै विच राष्ट्रिय जनता पार्टी नेपाल जिल्ला कार्य समिति रौतहटका जिल्ला संयोजक गीता देवी कुश्वाहाले प्रेस विज्ञप्ति जारी गरी पक्राउ परेका सांसद साहलाइ रिहा गर्न सरकारसँत जोडदार रुपमा माग गरेका छन् । सांसद साहलाइ तत्काल रिहा नगरे कडा संघर्षमा उत्रिने विज्ञप्ति मार्फत चेतावनी समेत दिएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ