रौतहट, ३ असार । गौर नगरपालिकाले आर्थिक वर्ष ०७६।०७७ का लागि नगर सभाको अधिवेशन र बैठक आह्वान गरेको छ । अहिलेसम्म चौथो बैठक आह्वान गर्ने गौर नगरपालिका पहिलो नगरपालिका रहेको छ ।
रौतहटको अधिकांश स्थानीय तहमा कुनै न कुनै किसिमले आन्तरिक द्वन्द्व रहेको अवस्थामा गौर नगरपालिकाले असार ९ गते नगर सभाको बैठक आह्वान गरेको हो ।
प्रमुख प्रसाशकीय अधिकृत सुमन कुमार कार्कीले निर्धारित समयमा नगर सभाको बैठक डाकिएको बताएका छन् । बैठकमा आगामी आर्थिक वर्षको बजेट पेश हुने, विधेयकहरु पेश गरिनुको साथै विभिन्न प्रस्ताव माथि छलफल हुने कार्यक्रम निर्धारण गरिएको छ ।
विगत केही दिनदेखि गौर नगरपालिकामा राजनितिक विषय लिएर कर्मचारी सरुवाको खेलले हल्का तनाव उत्पन्न भएपनि नगरपालिकाको कामकाजमा कुनै असर आएको देखिएको छैन ।
प्रतिपक्षी दलका नेताहरुले प्रमुख प्रसाशकीय अधिकृत कार्कीलाई सरुवा गराउने प्रयास गरे निलम्बन समेत गराए तर सर्वोच्च अदालतले सरुवा र निलम्बनको कार्यान्वयन नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरेपछि कार्की पुनः गौर नगरपालिकामा कामकाज सम्भालेका छन् ।
विकास नै विकासको योजना आउने अधिकृत कार्कीले बताएका छन् । सामाजिक विकासको साथै भौतिक पूर्वाधारको विकास, आर्थिक उन्नतिको योजना नगर सभाबाट ल्याउने नगरप्रमुख अजय कुमार गुप्ताले बताएका छन् ।
असार ९ गते हुने चौथो नगर सभामा सहभागी हुने निर्वाचित जनप्रतिनिधिले नगरको विकास समृद्धितर्फ ध्यानकेन्द्रित गर्नुपर्ने छन् ।
आगामी आर्थिक वर्षमा लोप हुँदै गएको मधेशको कला संस्कृति, भेषभूषा, पहिरन, भाषाको जगेर्ना विकासका लागि विशेष प्राथमिकता दिनुपर्ने बुद्धिजीवीहरुको सुझाव रहेको छ ।
महिला सशक्तिकरणका लागि महिलाहरुको आयआर्जनका लागि सिपमूलक कार्यक्रम, बेटी पढ़ाउ बेटी बचाऊ प्रदेश सरकारको अभियानलाई सहयोग पुग्ने उद्देश्यले बालिकाहरुको खेलकूद विकास, संस्कृति उत्थान गर्ने योजना बनाउनु पर्ने जरुरी छ ।
जेष्ठ नागरिक, अपाङ्ग, एकल महिला, बालबालिका, शिक्षा, स्वास्थ्य, कृषि, सौर्य ऊर्जा, वातावरण संरक्षण, हरियो नगरपालिका, सुन्दर नगरपालिकाको परिकल्पना सहितको लोकप्रिय योजना ल्याउनु पर्ने स्थानीयहरुको भनाइ रहेको छ ।
नगर भित्रमा मुख्य सडक र सहायक सडकको छेउमा भएको भवनको रंग एउटै राख्नु पर्ने, विद्यालयको रंग छूटै राख्नु पर्ने, नियमित रुपमा विद्यालय जाने शिक्षक शिक्षिकालाई प्रोत्साहन गर्नुपर्ने योजना कार्यान्वयनतर्फ विचार पुर्याउनु पर्ने छन् ।
युवा, जुझारू एवं निडर भएर काम गर्ने क्षमता भएका मेयर गुप्तालाई समाजमा विकृतिको रुपमा रहेका अन्धविश्वासको अन्त्य गर्ने जनचेतनामूलक कार्यक्रम बैठकबाट पारित गर्नु पर्ने देखिन्छन् ।
गौर नगरपालिकाको चौथो अधिवेशनमा निम्न कुराहरू पेश हुनेछन् । १. गौर नगरपालिकाको आगामी आ.ब. २०७६र७७ को नीति तथा कार्यक्रम २. आगामी आ.ब. २०७।७७ को बजेट ३. आधारभूत स्वास्थ्य सम्बन्धी विधेयक ४. सरसफाइ तथा वातावरण संरक्षण सम्बन्धी विधेयक ५. गौर नगरपालिकालाई बालश्रम तथा बालविवाह मुक्त नगरपालिका घोषणा गरिने कार्यक्रम ६. नगरपालिकाको सम्पूर्ण सेवाहरूलाई अनलाइन गर्ने ७. ईलेक्ट्रोनिक बिल्डिङ पर्मिट सिस्टम लागू गर्ने ८. घरघरमा स्थानीय सरकार कार्यक्रम लागू गर्ने ९. सामुदायिक विद्यालयहरूमा निरन्तर अनुगमन प्रणाली लागू गर्ने प्रमुख प्रसाशकीय अधिकृत कार्कीले जानकारी दिएका छन् ।
तपाईको प्रतिक्रिया