गौर नगरपालिकाले ल्यायो दिवा खाजा कार्यक्रम

समाचार

1/30/2019

राकेश यादव, रौतहट, १६ माघ । विद्यालय बाहिर रहेका वाल बालिकाहरुलाई विद्यालयमा ल्याउनका लागि गौर नगरपालिका कार्यालयले नयाँ कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

बाल–वालिकाहरुलाई लक्षित गरेर नगरपालिकाले शैक्षिक सत्र २०७५ देखि लागु हुने गरी दिवा खाजा कार्यक्रम सञ्चालन गरेको हो । नगर क्षेत्र भित्रमा सञ्चालनमा रहेका १८ वटा सामुदायिक विद्यालयमा चालू शैक्षिक वर्ष देखि दिवा खाजा कार्यक्रम लागु गरिएको नगर शिक्षा शाखाका प्रमुख गणेश गिरीले बताएका छन ।

सामुदायिक विद्यालयमा प्रारम्भिक वाल विकास कक्षादेखि ५ कक्षा सम्मका विद्यार्थीहरुलाई विद्यालयमा हाजिर भएको दिनलाइ गणना गरी दिवा खाजा बापत नगद दिइने प्रमुख गिरीले जनाए । सार्वजानिक विदा बाहेक विद्यालय सञ्चालन भएको दिन उपस्थित हुने वाल बालिकाहरुले प्रति दिन १५ रुपैयाँका दरले दिवा खाजाको रकम पाउने छन् । शिक्षामा सुधार ल्याउनको लागि यस्तो कार्यक्रम लागु गरिएको हो ।

कार्यक्रमबाट विद्यार्थी तथा अभिभावक समेत लाभान्वित हुने विश्वास गरिएको छ । नियमित विद्यालय नजाने वाल बालिकाहरु यो कार्यक्रम पछि नियमित रुपमा अध्यन गर्नको लागि विद्यालयमा पुग्ने आशा नगरपालिकाको रहेको छ ।
कार्यक्रमको सम्वन्धमा सम्वन्धित विद्यालयका प्राध्यानध्यापकहरुलाई बैठक गराई कसरी सञ्चालन गर्ने विषयमा जानकारी समेत गराई सकिएको प्रमुख गिरीले बताए । विद्यालयमा फारमहरु समेत पठाई सकिएको छ र १ हप्ता भित्रमा विद्यालयको खातामा रकम पठाइने छन ।

रौतहट जिल्लामा २ गाउँपालिका र १६ नगरपालिका गरी १८ स्थानीय तह रहेकोमा यस्तो कार्यक्रम सञ्चालन गर्ने गौर नगरपालिका पहिलो नगरपालिका रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ