गुरु नानक ज्यन्ती मनाइयो

समाचार

9/29/2019

काठमाडौं, १२ असोज । नेपाल राष्ट्र बैंक र भारतीय दूतावासको संयुक्त आयोजनामा भएको औपचारिक समारोहमा गुरु नानक देवजीको ५५०औं जयन्ती मनाइएको छ ।

सोही अवसरमा नेपाल राष्ट्र बैंकले गुरु नाकक देवजीको प्रतीकको रुपमा त्याग गरेको तीन प्रकारका स्मारक सिक्का लन्च गरिएको छ । उक्त सिक्का सिख गभर्नर डा. चिरंजीवी नेपाल र नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीले संयुक्त रुपमा लन्च गरेका थिए ।

तीन प्रकारका नेपाली सिक्काका मुल्य एक सय, एक हजार र दुइ हजार पाँच सय रहेको छ । जसलाई नेपाल राष्ट्र बैंकले बिक्रिका लागि खुला गरेको छ । यसले नेपालसँगको सिख समुदायको गहिरो सम्बन्ध दर्शाउन पनि मद्दत गर्छ ।

सोही समारोहमा गर्भनर नेपाल र राजदूत पुरीले नेपालको सिख धरोहर नामक प्रकाशनको बिमोचन पनि गरे । उक्त पुस्तक बीपी कोइराला भारत नेपाल फाउण्डेशन, भारतीय दूतावासले प्रकाशित गरेको हो र त्यसले प्रमुख रूपमा सिख समुदयलाई नेपालसँग जोड्न खोज्ने प्रयास गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ