ग्लोबल आइएमई बैंकको २ वटा नयाँ शाखा सञ्चालन

समाचार

9/29/2019

काठमाडौं, १२ असोज । ग्लोबल आइएमई बैंक लिमिटेडले आइतबारदेखि दुई वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले काठमाडौं जिल्लाको नागार्जुन नगरपालिका वडा नं. ५, हरिसिद्धि र रोल्पा जिल्लाको रुन्टीगढी गाउँपालिका वडा नं ६, होलेरीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

नयाँ दुईवटा शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या १४६ पुगेको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकले हाल १४६ शाखा, ३० वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, १४८ एटिएम, १८९ शाखारहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय मार्फत आफ्ना ११ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ