सप्तरी, ६ असोज । भारतीय नम्बरको मोटरसाइकलमा आएका २ जना अपरिचित व्यक्तिहरुले डानेश्बरी नगरपालिका–८ बिसहरियामा आइतबार साँझ गोली प्रहार गर्दा सोही ठाउँस्थित ब्रहमपुर बस्ने २४ वर्षीय भगवतीप्रसाद मण्डल घाइते भएका छन् ।
स.११ प १३६६ नम्बरको मोटरसाइकलमा सवार भई राजबिराजबाट घरतर्फ जाने क्रममा विष्टलाई उनीहरुले गोली प्रहार गरेका थिए ।
घटनाको सम्बन्धमा खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले घटनास्थलबाट नाइन एमएमको गोलीको खोका १ थान र नाइन एमएमको मिस फायर राउण्ड १ थान फेला पारी बरामद गरेको छ ।
घाइते मण्डलको अञ्चल अस्पताल सगरमाथामा हुँदै हाल बिपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । गोली प्रहार गर्ने व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया