सर्वसहमतबाट गोष्ठीका निर्णयहरु पारित

समाचार

10/17/2019

वीरगन्ज, ३० असोज । वीरगन्ज महानगरपालिकाको बार्षिक समिक्षा गोष्ठी बुधबार सम्पन्न भएको छ । वीरगन्जको होटल पुजनमा सम्पन्न भएको गत आर्थिक बर्षको समीक्षा गोष्ठी नगर प्रमुख बिजय कुमार सरावगीको अध्यक्षतामा सम्मपन्न भएको हो ।

गत आर्थिक बर्षमा भएको कार्यहरुको सबल पक्षलाई आउने समयमा अझ दरिलो रुपमा कार्यान्वयन गर्दै लैजाने तथा निर्बल पक्षहरुमा सुधार गर्दै अगाडि बढ्ने निर्णय गर्दै उक्त समीक्षा बैठक सम्पन्न भएको हो । समीक्षा बैठकमा बोल्दै नगर प्रमुख बिजय कुमार सरावगीले वडाबाट हुने समाजिक बिकासका कार्यहरुमा जोड दिए मात्र महानगरपालिकाको मानव सुचकांक राम्रो हुने धारणा व्यक्त गरे । उनले वडा स्तरबाट हुने बार्षिक समाजिक विकासका कार्यहरुलाई अझ दरिलो बनाउनु आवश्यकता रहको बताए ।

नगर प्रमुख सरावगीले जनप्रतिनिधि तथा कर्मचारीहरु बिचको समन्वयात्मक कार्यलाई दरिलो बनाउँदै महानगरपालिकाका सबै महाशाखाहरुको काम कार्यवाहिलाई अझ दरिलो रुपमा अगाडि बढाउने प्रतिवद्धता समेत व्यक्त गरे । उनले सघं र प्रदेश सरकारसँग स्थानीय निकायले पाउने सहयोग एवम् सहकार्य पुर्ण रुपले हुन नसकेको कारण स्थानिय निकायहरुमा निरासाको भावना सिर्जना भएको बताए । कर्मचारी समायोजन पछि महानगरपालिकाबाट हुन सक्ने कामकारवाहीलाई अझ दरिलो पार्न सहन हुने उनको भनाइ रहेको थियो ।

महानगरपालिका अन्र्तगका ९ बटै महाशाखा प्रमुखहरुले प्रस्तुत गरेका बार्षिक कार्यप्रगति माथि टिप्पणी तथा सुझावहरु प्रस्तुत गर्दै विशलेषक गणेश लाठ एवम बरिष्ठ पत्रकार जगदिश शर्माले करको दायरालाई फराकिलो पार्दै चालु आर्थिक बर्षमा महानगरपालिकाको आर्थिक आम्दानी बढाउन सुझाव दिए । बिश्लेषक लाठले एडिबिको नक्शामा सुधार गर्दै नाला निर्माणको बहावलाई परिवर्तन गरे आदर्शनगरलाई डुबानको समस्याबाट समाधान गर्ने तर्फ पहल गर्न सुझाव दिए । उनले ठुला बिकास योजनाका कार्यहरुलाई अझ पारदर्शी बनाउनुको साथै अनुगमको पक्षलाई अझ दरिलो बनाउनु पर्ने आवश्यकता रहेको सुझाव दिए ।

समीक्षा गोष्ठिमा बोल्दै बरिष्ठ पत्रकार जगदिश शर्माले करको दायरालाई बढाउँदै अशुली प्रक्रियालाई अझ मजबुत बनाउनु पर्ने सुझाव दिए । कार्यक्रममा महानगरपालिकाका प्रवक्ता सन्तोष तिवारी, वडा अध्यक्ष प्रदिप चौरसिया, कार्यपालिका सदस्य अरबिन्द गुप्ता, विभिन्न वडा अध्यक्षहरुले समिक्षा गोष्ठी पहिलो पटक आयोजन गरिएकोमा प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतज्युलाई बिशेष धन्यवाद समेत व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ