राकेश यादव, रौतहट, १२ पुस । प्रदेश सरकारले रौतहटमा अनुदानको गहुँको विउमा भएको अनियमितता बारे छानविन गर्ने भएको छ ।
सहूलियत दरमा किसानका लागि उपलब्ध गराउनका लागि प्रदेश २ का सरकारले उपलब्ध गराएको ६९ मेट्रिक टन गहुँको विउमा कृषक सहकारी सस्थाहरुले गरेको अनियमिताको विषयमा छानविन गर्नका लागि प्रदेश सरकार सक्रीय भएको छ ।
प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादवले गहुँको विउमा भएको अनियमितताबारे गहन रुपमा अध्ययन अनुसन्धान गर्नका लागि छानविन समिति गठन गरिएको जानकारी गराएका छन् ।
कृषि राज्यमन्त्री यादवले विभिन्न जिल्लामा गएको गहुँको वीउमा अनियमितता भएको समाचार विभिन्न संचार माध्यमबाट समाचार प्रकाशित भएपछि प्रदेश सरकारको ध्यानाकर्षण भएको जानकारी गराएका छन् ।
तपाईको प्रतिक्रिया