घरको छतबाट लडेर नाबालकको मृत्यु

समाचार

1/30/2019

राकेश यादव, रौतहट, १६ माघ । रौतहट जिल्लाको राजपुर नगरपालिका वड़ा नम्बर १ पिपरा भगवानपुरमा घरको छतबाट लडेर सोमवार एक बालकको मृत्यु भएको छ ।

खेल्ने क्रममा छतबाट खस्दा उक्त बालकको मृत्यु भएको हो । स्थानीय गगनदेव पंडितको ५ वर्षीय छोरा शिवराज पंडितको बेलुका साढ़े ५ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

खेल्ने क्रममा माथिबाट खसेका बालकलाइ उपचारको लागि गौर अस्पतालमा ल्याउदै गर्दा बाटो मै मृत्यु भएको जिल्ला अस्पतालले पुष्टि गरेको छ । गम्भीर रुपमा घाइते भएका बालक अस्पतालमा आउँदा मृत अवस्थामा रहेको चिकित्सकले जनाएका छन ।

घर अगाडी खेली रहेको बालक छतमा पुगेको र खेल्दा खेल्दै माथिबाट खसेको बुझिएको छ । नाबालक छोराको मृत्यु भएपछि घरपरिवार शोकमा डुबेका छन ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ