घुस लिएको आरोपमा ज्ञानेन्द्र अख्तियारको फन्दामा

समाचार

9/28/2019

नवलपरासी पश्चिम, १० असोज । व्यापारीसँग सात हजार रुपैयाँ घुस लिएको आरोपमा शुक्रबार सशस्त्र प्रहरी बेस क्याम्प सेमरी नवलपरासी पश्चिममा कार्यरत सहायक हवल्दार ज्ञानेन्द्र मौर्या पक्राउ परेका छन् ।

व्यापारसँग ७ हजार रुपैयाँ सरसमान सहज रुपमा ओसारपसार गरिदिने भनेर घुस लिएको आरोपमा सशस्त्र प्रहरी बेस क्याम्प सेमरीका घुमुवा रंगेहात पक्राउ परेका छन् ।

व्यापारीको सरसमान सहज रुपमा गन्तव्य पुर्याइदिने भनी हवल्दारले सोहीबापत रकम मागेर हैरान गरेपछि अख्तियारमा उजुरी परेको थियो ।

व्यापारीसँग (नाम नखुलेको) रकम बुझिरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयबाट खटिएको टोलीले उनलाई गोपीगंजमा पक्राउ गरेको थियो ।

आयोगको क्षेत्रीय कार्यालय बुटवलका प्रवक्ता सुरेश भुषालले गुनासो आएपछि बजार पुग्दा रकम लेनदेनकै अवस्थामा भेटिएको बताए । आवश्यक अनुसन्धानका लागि मौर्यालाई क्षेत्रीय कार्यालय बुटवल लगिएको उनले जनाए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ