कैलाली, १४ साउन । अत्तरियाबाट चितुवाको छालासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कैलालीबाट खटिएको प्रहरीको टोलीले गोदावरी नगरपालिका–४ बाट चितुवाको दुई थान छालासहित दुईजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा डोटी बडीकेदार गाउँपालिकाका २३ वर्षीय राजेन्द्र थापा र कैलाली चुरे गाउँपालिका १ का ३२ वर्षीय रामबहादुर विष्ट रहेका छन् ।
चितुवाको छाला बेचबिखन र ओसारपसार भैरहेको भन्ने बिषेश सूचनाको आधारमा उनीहरुलाई चितुवाको छालासहित प्रहरीले पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया