चितवन, २२ असार । थारु समुदायको पहिचान, प्रतिनिधित्व, स्वायत्तता, समानता र स्वाभिमानको सवाल बारे बृहत छलफल तथा अन्तरक्रियाका लागि चितवनको सौराहामा एकिकृत थरुहट राष्ट्रिय भेला आयोजना गरिएको छ ।
भेलामा सहभागी हुनका लागि काठमाडौं उपत्यका लगायत तराई र भित्री तराईका २५ जिल्लाबाट २५० थारु नेता तथा कार्यकर्ताहरु उपस्थित भएका छन् ।
थारु कल्याणकारिणी सभा (थाकस) केन्द्रिय समितिको आयोजनामा भएको भेलामा थाकसका केन्द्रीय पदाधिकारीहरु, केन्द्रीय पार्सदहरु, विभिन्न जिल्लाका जिल्ला सभापति लगायत प्रनिनिधिहरु थारुवान÷थरुहट आन्दोलनका अगुवा तथा सकृय कार्यकर्ताहरुको सहभागीता रहेको छ । भेला २२ गतेसम्म जारी रहनेछ ।
थाकस केन्द्रीय उपाध्यक्ष कनुलाल चौधरीको अध्यक्षतामा भएको भेलामा विभिन्न विषयहरु जस्तै थारु समुदाय वहिष्करणमा पर्नुका कारणहरु, पहिचान भएका थारुहरुको साझा सवालहरु, थरुहट आन्दोलन सम्बन्धि उपलब्धि र मुद्धाहरु बारे बृहत छलफल गरी समाधानका उपायहरु पहिचान गरी निश्कर्ष निकालिने जानकारी थाकस चितवनका सभापति ललित कुमार चौधरीले जानकारी दिनु भयो । भेलाले थाकसको आगामि कार्यदिशा तथा कार्यनीति पारीत गरिनेछ ।
विभिन्न जिल्लाका प्रतिनिधिहरुले रिपोर्टिङ गर्ने क्रममा झापा जिल्लाका तर्फबाट पुष्पलाल चौधरी, मोरङका प्रदीप विश्वास, सुनसरीका दयानन्द चौधरी, सिराहाका वीरेन्द्र प्रसाद चौधरी, धनुषाका उत्तम चौधरी, महोत्तरीका चेतनारायण चौधरी, सर्लाहीका बलिराम चौधरी, रौतहटका अधिकलाल चौधरी, बाराका गिरीधारी चौधरी, पर्साका वृजमोहन चौधरी, मकवानपुरका हरिलाल चौधरी, चितवनका तर्फबाट पूर्व न्यायधिश नन्दलाल महतो, नवलपुरका राम प्रसाद चौधरी, परासीका तर्फबाट मुन्द्रिका प्रसाद चौधरी, कपिलवस्तुका जंजीर चौधरी, दाङका भुवन चौधरी लगायतले मन्तव्य व्यक्त गरे ।
विभिन्न जिल्लाहरुका तर्फबाट रिपोर्टिङ गर्ने क्रम जारी रहेको छ । अधिकांश वक्ताहरुले थारुहरु राज्यबाट अन्याय, अत्याचार, शोषण र दमनमा परेको हुँदा थारुका मुद्दा र सवालहरु स्थापित गर्न सम्पूर्ण थारुहरु एकढिक्का भई संघर्ष गर्नुपर्ने बताएका छन् ।
तपाईको प्रतिक्रिया