काठमाडौं, १७ मंसिर । नेपाली कलाकारहरुले मात्रै उत्पादन गर्ने मौलिक हस्तकलाको चिनियाँहरुले नक्कल गर्न थालेपछि व्यवसायीहरु चिन्तित बनेका छन् ।
हस्तकला व्यवसाय मात्रै नभएर नेपाली मौलिक धर्म र संस्कृति पनि भएको भन्दै उनीहरुले बाह्य उत्पादनको हस्तक्षेप रोक्न सरकारसँग माग गरेका छन् ।
नेपालबाट उत्कृष्ट हस्तकला भन्दै विदेशीले किनेर लगेको मुर्तिहरु डुप्लीकेसन गरेर सस्तो मूल्यमा बेच्न थालिएको व्यवसायी बताउँछन् ।
यस्ता नक्कली उत्पादन नेपालमै समेत छ्याप्छ्याप्ती पाइन थालेका छन् । नेपाल गुणस्तरीय हस्तकला निर्माणमा अब्बल रहे पनि ठूलो परिमाणको उत्पादन गर्न सक्दैन ।
यही कमजोरीमा टेकेर विदेशीहरुले अनाधिकृत व्यापार गरिरहेका छन् । चीनका कतिपय बजारमा नेपाली भन्दै हस्तकलाको नक्कली उत्पादनको बिक्री वितरण भईरहेको व्यापारीहरुले बताउँछन् ।
चीनमा निर्मित मूर्तिहरु अहिले नेपाली बजारमा छ्यापछ्याप्ती हुन थालेको व्यवसायीहरु बताउँछन् । सामान्य ग्राहकका लागि कुन वस्तु कहाँ बनेको भन्ने छुट्याउनै कठिन हुन्छ ।
तपाईको प्रतिक्रिया